
आदरणीय अभिभावकवर्ग, शिक्षकवर्ग, कर्मचारीवर्ग तथा प्यारा विद्यार्थीहरू,
नेपालीहरूको महान् चाड बडादशैं, शुभ दीपावली (तिहार), छठ पर्व २०८३ तथा नेपाल संवत् ११४७ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यसै अवसरमा मिति २०८३ साल असोज २७ गते मंगलबारदेखि कार्तिक ९ गते सोमबारसम्म विद्यालयमा बिदा रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
साथै, मिति २०८३ साल कार्तिक १० गते मंगलबारदेखि विद्यालयका सम्पूर्ण कक्षाहरू नियमित रूपमा सञ्चालन हुने व्यहोरा समेत जानकारी गराइन्छ।
तसर्थ, सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूलाई उल्लिखित बिदा तथा विद्यालय सञ्चालन हुने मितिबारे जानकारी राख्नुहुन अनुरोध गर्दछौँ।
पुनः सम्पूर्णमा सुखमय, शान्तिमय एवं मंगलमय पर्वहरूको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
प्रधानाध्यापक
माउण्ट सेब स्कुल
काठमाडौँ–३२, जडीबुटी
Dear Parents, Guardians, Teaching and non-teaching staff and students,
Mount SEB School extends its heartfelt wishes to all students, parents, guardians, teachers, and staff members on the auspicious occasions of Bada Dashain, Shubha Deepawali (Tihar), Chhath Parva 2083, and Nepal Sambat 1147. May these joyous festivals bring happiness, peace, prosperity, and good health to everyone.
This is to inform you that the school will remain closed for the festival holidays from 27 Ashoj 2083 (Tuesday) to 9 Kartik 2083 (Monday).
Furthermore, regular classes for all grades will resume from 10 Kartik 2083 (Tuesday).
We request all students and parents to take note of the holiday schedule and plan accordingly.
Once again, we wish everyone a joyful, peaceful, and prosperous festive season.
Warm regards,
Principal
Mount SEB School
Kathmandu-32, Jadibuti
