
काठमाडौं, जेठ १२ । माउण्ट सेब स्कुलमा शैक्षिक सत्र २०८३ का लागि Students' Steering Committee को निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । विद्यालयमा लोकतान्त्रिक अभ्यास, नेतृत्व विकास तथा विद्यार्थीहरूमा जिम्मेवारीबोधको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त निर्वाचनमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
निर्वाचन परिणाम अनुसार कक्षा १० का विद्यार्थी शुभम श्रेष्ठ विद्यालयको School Captain पदमा निर्वाचित भएका छन् । त्यसैगरी, कक्षा ९ का विद्यार्थी स्वरुप तिमिल्सिना र अनिशा श्रेष्ठ School Vice Captain पदमा निर्विरोध रूपमा चयन भएका छन् ।
यसैगरी, निर्वाचन प्रक्रियाबाट ७ जना School Prefects चयन भएका छन् भने विद्यालय प्रशासनद्वारा थप ३ जना Prefects मनोनयन गरिएको छ । नवगठित Students' Steering Committee २०८३ ले विद्यालयमा अनुशासन, नेतृत्व, सहकार्य तथा विद्यार्थीहितका विविध गतिविधिहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने अपेक्षा गरिएको छ ।
विद्यालय परिवार नवनिर्वाचित तथा मनोनित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरूको सफल, जिम्मेवार र प्रेरणादायी कार्यकालको शुभकामना व्यक्त गर्दछ । साथै, निर्वाचन प्रक्रियालाई सभ्य, मर्यादित र सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरूप्रति विद्यालय प्रशासनले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
"आजको नेतृत्व, भोलिको सफल भविष्य" भन्ने भावनासहित नवगठित Students' Students Steering ले विद्यालयको गौरव र प्रतिष्ठा अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास विद्यालय परिवारले लिएको छ ।
Kathmandu, Jestha 12 — Mount SEB School successfully conducted the Students' Steering Committee Election for the academic session 2083. Organized with the aim of promoting democratic practice, leadership development, and instilling a sense of responsibility among students, the election witnessed enthusiastic participation.
Election Results
-
School Captain: Shubham Shrestha (Grade X) elected
-
School Vice Captains: Swarup Timilsina (Grade IX) and Anisha Shrestha (Grade IX) selected unopposed
-
School Prefects: 7 students elected through the process, with an additional 3 nominated by the school administration
Significance
The newly formed committee is expected to effectively lead activities related to discipline, leadership, collaboration, and student welfare.
The school family extends heartfelt congratulations to all elected and nominated members, wishing them a successful, responsible, and inspiring tenure. The administration also expressed sincere gratitude to all students, teachers, staff, and parents for their support in making the election civilized, dignified, and successful.
