माउन्ट सेब स्कुलका विद्यार्थीहरूले Cosmos Educational Training and Research Center द्वारा आयोजित बागमती प्रदेशस्तरीय निबन्ध लेखन प्रतियोगिता २०८३ को फाइनल राउण्डमा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयलाई गौरवान्वित बनाएका छन्।
प्रतियोगितामा कक्षा ७ का विलक्षण तिमिल्सिनाले तृतीय स्थान हासिल गर्न सफल भएका छन् भने कक्षा १० का रिजन बुढाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।
उत्कृष्ट निबन्ध लेखन प्रस्तुत गर्दै तृतीय स्थान हासिल गर्न सफल विलक्षण तिमिल्सिनाले ट्रफी, मेडल तथा प्रमाणपत्रका साथै रु. ५,००० नगद पुरस्कार समेत प्राप्त गरेका छन्। त्यसैगरी, सान्त्वना पुरस्कार प्राप्त गरेका रिजन बुढाले पनि ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रदेशस्तरको प्रतियोगिताको फाइनल राउण्डमा सहभागी भई उत्कृष्ट स्थान हासिल गर्नु विद्यार्थीहरूको सिर्जनशीलता, लेखन क्षमता, निरन्तर अभ्यास र मेहनतको सुखद प्रतिफल हो। यस उपलब्धिले विद्यार्थीहरूको प्रतिभालाई थप प्रोत्साहन गर्नुका साथै विद्यालय परिवारमा हर्ष र गौरवको अनुभूति गराएको छ।
यस गौरवपूर्ण सफलताका लागि दुवै विद्यार्थीलाई माउन्ट सेब स्कुल परिवार हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ। साथै, विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र क्षमता अभिवृद्धिमा सहयोग तथा मार्गदर्शन गर्नुहुने सम्पूर्णप्रति विद्यालय आभार व्यक्त गर्दछ।
आगामी दिनहरूमा पनि यस्तै उत्साह, लगनशीलता र आत्मविश्वासका साथ नयाँ उपलब्धिहरू हासिल गर्दै अघि बढ्न दुवै विद्यार्थीलाई हार्दिक शुभकामना!
एकपटक माउन्ट सेबियन, सधैँ माउन्ट सेबियन!
माउण्ट सेब स्कुल
Learn to Live and to Lead.